साइनो समाचारदाता/पथरी, १९ फागुन,
भु पु सैनिकद्धारा संचालित भु पु सैनिक अग्रेजी स्कुलले रजत महोत्सव मनाएको छ । रजत महोत्सवको अवसमा विद्यालयले १३ जना संचालक, सल्लाहकार र १५ जना पुर्व शिक्षकलाई सम्मान गरेको छ । कार्यक्रममा पुस्तक लेखक दिपेन्द्र तिम्सीना र शिक्षा क्षेत्रमा योग्दान पुर्याएको भन्दै शिक्षक भुवनेश्वर पोख्रेल सम्मान गरेको छ । सम्मानीत ब्यात्तीलाई कार्यक्रमका प्रमुख अतिथी माननिय सुनिल कुमार शर्मा सम्मान गर्नु भएको छ ।
कार्यक्रममा माननिय सुनिल कुमार शर्माले विद्यालयको २५ बर्षे स्मारिका विमोचन गर्नु भएको छ भने विद्यालयको प्राङगणमा भएको सरस्वतीको मन्दिरको उद्धघाटन गर्नु भएको थियो । विद्यालय नेपाल भारत र व्रिटिस सेनामा कार्यरत भुत पुर्व सेनाद्धारा संचालीत पुर्वको एकमात्र गुठि संस्था हो ।
कार्यक्रममा गुठिका सचिव प्रेम कुमार राईले प्रगतिप्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गुठिका अध्यक्ष धनबहादुर रानाको अध्यक्षमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी सविधान सभा सदस्य चन्डि प्रसाद राई, नगर प्रमुख मोहन प्रसाद तुम्बापो, सेनानी अमृत थापा मगर, भारतीय दुतावास मेजर भरत कनौजिया लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यार्थीद्धारा नित्य, गायन र नाटक प्रस्तुत गरिएको थियो भने शैक्षिक सत्रमा उत्कृष्ट नतिजा त्याउने विद्याथीलाई पुरस्कृत गरिएको थियो । गुठि विद्यालयले रजत महोत्सवमा ३ दिने कार्यक्रम गरि नगर भरीका विद्यालय विच खेलकुद कार्यक्रम गरि मनाएको छ ।