घ्यू सिमिको उत्पादन घट्यो - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

घ्यू सिमिको उत्पादन घट्यो

साइनाे समाचारदाता/पथरी, १८ फागुन,

लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारीका लागि उर्वर भुमि हो । यहाँका अधिकाम्स कृषक कृषी पेशामा रहेका छन । टमटर र घ्यू सिमीमा आत्मा निर्भर हुदै आएका किसानहरु यो सिजन भने चिन्तीत रहेका छन । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी र भाउ नपाएका कारण किसान चिन्तीत बनेका छन ।

लेटाङ ८ र ९ जाँतेका अधिकाम्स कृषकले व्यावसायिक रुपमा टाटर खेती र हिउदे घ्यू सिमी खेति गर्ने गरेका छन । उपयुत्त वातावरण, भिरालो जमिन खकुलो माटा भएका कारण यस क्षेत्रमा नगदे बालि लगाउनेको संख्या बढ्दो छ । यस क्षेत्रका युवाहरु समेत सिचाईको पर्याप्त सुविधाका भएका कारण सामुहिक खेति गर्दै आएका छन ।

तरकारी खेतिबाटै मनग्य आम्दानी गर्दै आएका यहाँका किसानहरु घ्यू सिमीले भाउ नपाएका कारण घाटा भएको बताउछन । अघिल्लो साल प्रति किलो ६० रुपयाँ सम्म विक्री भएको सिमीले यो साल भने २० रुपयाँ पाउन समेत गाह्रो भएको कृषक डम्बर कुमारी कार्की बताउनु हुन्छ ।

नगरले टमटर र सिमी खेतिलाई पहिलो प्राथमित्तामा राखेको छ । लेटाङमा रहेका ५ ओटा कृषी सहकारी र १० ओटा कृषक समुहले सामुहिक टमटर खेती गर्दै आएको छ । वार्षिक दश/दश करोड माथिको टमटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो बर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । टमटर र सिमी उत्पादन घट्नु र भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको उन्नत कृषी सहकारी लेटाङ ८ अध्यक्ष दाताराम घिमिरे बताउनु हुन्छ । समयमै विउ मल र बजार नपाउदा किसान चिन्तित बन्दै गएका छन । त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल विउ, विषधी, आकाशे पानी र बजार नपाएको कृषक नगेन्द्र लिम्बु बताउनु हुन्छ ।

उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठुला सहर काठमाडौ र पोखरामा माग बढि हुने गरेको छ । जाँतेमा करिव ५ सय हेक्टर क्षेत्रफलमा १५ सय हाराहारी कृषकले टमटर खेति गर्दै आएका छन । समुह र सामुहिक खेति गर्नेलाई नगरले समेत अनुदान दिदै आएको लेटाङ कृषी शाखाका प्रमुख करण श्रेष्ठ बताउनु हुन्छ ।

 

 

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107