साइनाे समाचारदाता/ पथरी, १६ फागुन
चिनारी अंग्रेजि बोडिङ स्कुलले १३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयले अभिभावक र विद्यार्थीका विच विविध खेलकुद कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ । स्कुलले १३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु र खेलकुदमा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थी र अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख आतिथ्यी एन प्याव्सन मोरङका अध्यक्ष सुनिल दत्त अधिकारीले निजि विद्यालयले मात्र शिक्षण शिकाईको भार थाम्न नसक्ने बताउनु भयो । निजि विद्यालयले विद्यार्थीहरु चाहाना र उदेश्य अनुसार उच्च शिक्षाका लागि समुदायमा अब्बल भुमिका खेलेको बताउनु भयो । निजि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै धेरै रोजगारी सृजना गर्दै सरकारलाई सहयोग गरेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना राईले अंग्रेजि शिक्षाका नाममा सामुदायीक स्कुलले विद्यार्थीमा वर्ग विभाजन गरेको बताउनु भएको छ । एउटै शैक्षिक संस्थामा धनी र गरिव विचको भिन्नता देखिनु हुदैन । अंग्रेजि शिक्षा सुरु भयो राम्रो हो तर त्यहाँ नेपाली र अंग्रेजी शिक्षण शिकाई, संचालन, पुस्तक र अनुसासनमा भेदभाव भएको छ । एउटै शैक्षिक संस्थामा फरक फरक शिक्षण शिकाई र संचालन हुदा कलिला बाल मनोविज्ञानमा असर पर्ने देखिन थालेको उहाँले बताउनु भयो ।
विद्यालयका संचालक विरेन साम्बाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, कविता लगायत विभिन्न प्रतिभा मार्फत अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा एन प्याव्सन पथरी शनिश्चरे नगर अध्यक्ष थिर प्रसाद आचार्य, अभिभावक संघका अध्यक्ष नवराज न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रिन्सिपल गजेन्द्र सुब्बाले स्थापना काल देखि हाल सम्मको अवस्था र भावि कार्ययोजना पेश गर्नु भएको थियो ।