एक करोड राशिको नेपालमै पहिलो रियालिटी सो - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

एक करोड राशिको नेपालमै पहिलो रियालिटी सो

साइनाे समाचारदाता/पथरी, १० फागुन,
नेपाली सस्कृती, भाषा र गित संगितको जगेणा गर्ने उदेश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीले नेपालमै पहिलो पटक एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुले मेघा भ्वाइस युनिर्भ र मेघा डान्स युनिर्भमा भाग लिन पाउने भएका छन । प्रतियोगिताको विजेताले नगद १/१ करोड, फष्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २०/२० लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले बताउनु भयो ।


प्रतियोगिताको अडिसियन अमेरिका, क्यानडा, नेपाल, भारत, थाइल्याड र अष्ट्रेलियामा हुने भएको छ । प्रतियोगिताको अडिसियन युरोप, दुवैमा सकिएकाे ५ भने नेपालकाे अडिसियन नेपालगञ्ज, बुटवल, काठमाडौ र झापामा हुने भएको छ । फिल्ड अडिसियन र जर्ज अडिसियनबाट विश्व भरीका १ सय २० जना प्रतिस्पर्दी छानिने छन । छानिएका १ सय २० प्रतिस्पर्दीलाई नेपालको काठमाडौमा ल्याइ टप १२ मा छानीने कार्यक्रम संचालक राजेश घतानीले बताउनु भयो ।

आयोजक संस्थाले आज झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरि उत्त कुरा बताएको हो । प्रतियोगितामा विश्व भर छरिएर रहेका नेपाली भाषीहरुको सहभागिता रहने छ । उत्त रियालिटी सो प्रथम प्रथम अडिसियन झापाको दमकबाट हुने भएको छ । फागुन २० र २१ गते झापाको दमक स्थित श्री सरस्वती मा विमा हुने कार्यक्रम संचालक तथा कलाकार राजेश घतानीले बताउनु भयो ।

इन्ट्रा नेश्नल वलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका विश्वका गरिव र दुखीलाई सहयोग गर्दै आएको विशुद्ध नाफा मुखी संस्था रहेको र सेवा मुखी सस्था रहेको इन्ट्राका नेपाल प्रतिनिधी इन्द्र बानियले बताउनु भयो ।

प्रतियोगितामा सामुहीक नेपाली लोक सास्कृतिक नित्य प्रतियोगिता समेत रहेको र उत्त प्रतियोगिताका विजेताले २० लाख १५ लाख र ५ लाख प्राप्त गर्ने इन्ट्राका नेपाल प्रतिनिधी इन्द्र बानियले बताउनु भयो । प्रतियोगिताको निर्णनयक तर्फ गायनमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रदान र सुजता बर्मा रहनु भएको छ भने नित्यमा कलाकार मिथिला शर्मा, केकी अधिकारी, प्रियङका कार्की, शंकर विसी, दिलिप रायामाझी, नरमान राई रहनु भएको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107