उपन्यास समभोकको विमोचन - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

उपन्यास समभोकको विमोचन

साइनाे समाचारदाता/पथरी, ६ फागुन,

सुन्दरहरैँचामा उपन्यासकार शिव प्रकाशको कृति उपन्यास समभोकको विमोचन भएको छ । आज सुन्दरहरैँचा १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसको सभाहलमा उत्त उपन्यास समभोकको विमोचन विमर्श सम्पन्न भएको हो । गृहनगर विमोचन विमर्श नाम दिएको कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसमा पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका प्रमुख डा. उमानाथ भट्टराई तथा मन्दीप भट्टराईले कृतिको विमोचन गर्दै चर्चा गर्नु भएको थियो ।

विराट साहित्य समाजको आयोजनामा भएको समभोक रोजगार तथा विदेशिएका नेपालीको साझा कथा भएको समीक्षक मन्दीप भट्टराईले बताउनु भयो । भोकले मानिसलाई जीवनमा अगाडि बढ्न सहयोग गर्ने उहाँको भनाई छ । उहाँले प्रेम र भोकबिचको सम्बन्ध यस उपन्यासमा उल्लेख भएको बताउनु भएको छ । कार्यक्रममा विमर्श गर्दै समभोकका पात्र र परिवेश आप्रवासी लेखकनको आयमको रूपमा आएको डा. दीपकप्रसाद न्यौपानेले बताउनु भयो । समीक्षक न्यौपानेले यो कृति परम्परा भन्दा पृथक ढङ्गमा लेखिएको बताउनु भएको छ ।

सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराईले उपन्यासले नेपालीको मनोविज्ञानलाई सफल रूपमा उतार्ने प्रयास गरेको बताउनु भयो । प्रवासमा मात्र नभएर भोकले जताततै सताउने आम नेपालीका साझा कथा रहेको बताए ।

विराट साहित्य समाज अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक शिव प्रकाशले समभोकले शारीरिक कुरालाई मात्र नभएर समान सहभागिता, उपलब्धि, खुसी र सह अस्तित्वमा आधारित भएको बताए ।

लेखकलाई आफ्नै नगरमा स्वागत गर्न पाएकोमा आयोजक संस्थाका अध्यक्ष उमानाथ भट्टराईले खुसी व्यक्त गरे । कार्यक्रमको सन्चालन भने संस्थाका सचिव एममणि अधिकारीले गर्नु भएको थियो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107