साइनाे समाचारदाता/पथरी, १ फागुन,
टमटरले बजार भाउ नपाएका कारण उत्तरी मोरङको लेटाङ ८ र ९ का कृषक मारमा परेका छन । अघिल्लो वर्षको तुलनामा यो बर्ष टमटर उत्पादन समेत घटेको छ । कृषी ज्ञान केन्द्र सुनसरीबाट ५० प्रतिशत अनुदान पाएको उन्नत कृषी सहकारी लेटाङ ८ का कृषकहरु सस्तोमै टमटर बेच्न बाध्य छन ।
समयमै विउ, मल र विषादी नपाएका कारण विरुवा मर्ने गरेको छ । टमटर उत्पादन घट्नु र भारतीय टमटर भित्रिएका कारण नेपाली कृषक मारमा परेका हुन । त्यसमा पनि भारतीय टमटरका कारण नेपाली टमटरले बजार नपाएको कृषकको गुनासो छ ।
लेटाङमा रहेका ५ ओटा कृषी सहकारी र १० ओटा कृषक समुहले सामुहिक टमटर खेती गर्दै आएको छ । नगरले टमटर खेतिलाई पहिलो प्राथमित्तामा राखेको छ । टमटर खेतिलाई नगरले विउ विजन र कृषी सामाग्री उपलब्ध गराउदै आएको छ । तर औषधी, मल र बजारीकरणमा सहजिकरण नगर्दा कृषकको मेहेनतले उचित मुल्य पाएको छैन ।
वार्षिक दश करोड माथिको टमटर उत्पादन गर्ने लेटाङ नगरले यो बर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । अघिल्लो बर्ष ९५ रुपयाँ सम्म पाएका कृषकले यो बर्ष जसो तसो ४० रुपयाँ सम्म पाएका छन । भरतबाट आएको सस्तो रासायनीक टमटर सहजै नेपाली बजारमा पाईने भएकाले नेपाली टमटरले बजार नपाएको ब्यावसायी दाताराम घिमिरे बताउछन ।
उत्तरी मोरङको लेटाङ ८ र ९ जाँतेका अधिकाम्स कृषकले व्यावसायिक रुपमा टाटर खेती गर्ने गरेका छन । जाँतेमा करिव ५ सय हेक्टर क्षेत्रफलमा १५ सय हाराहारी कृषकले टमटर खेति गर्दै आएको लेटाङ कृषी शाखाका प्रमुख करण श्रेष्ठ बताउनु हुन्छ ।