साइनाे सामाचारदाता, पथरी, १ फागुन/
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको बिकास गर्न सबै एकताको शुत्रमा उभिन्न आग्रह गर्नु भएको छ । २८ औं जनयुद्ध दिवशको अवसरमा पथरी शनिश्चरे नगर कमिटीले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा उहाँले उत्त कुरा बताउनु भएको हो ।
जनयुद्ध लडेका माओबादीहरु विभिन्न धारामा विकेन्द्रत भएको भन्दै उहाँको अब देशको बिकास गर्न सबै एकताको शुत्रमा उभिन आग्रह गर्नु भएको छ । माओबादी पार्टिले अर्काको कम्जोरी देखाउनु भन्दा आफुभित्रको कम्जोरीलाई आत्मा समिक्षा गर्दै अगाडी बढ्नु पर्ने उहाँको भनाई छ । जनयुद्ध माओबादीको ठुलो संघर्ष पछि पाएको सफल्ता रहेको बताउदै नेपाल जस्तो धनी देशमा रहेर पनि नेपालीले सुनको कचौरामा आशु पिउनु परेको बताउनु भयो ।
मन्त्रि किरातीले माओबादी पार्टीले नेपालीको ब्यावस्था परिवर्तन गरे पनि अवस्था परिर्वतन नभएको बताउदै अब अवस्था परिर्वतन गर्न लाग्ने बताउनु भएको छ । नेपालीले दुई सय ४० बर्षको राजतन्त्र अन्त्य गरेर धर्म निरपेक्षता, संघियता, गणतन्त्र सहिको राज्य ब्यवस्थामा बाचि रहेको मन्त्रि किरातीले बताउनु भयो ।
मन्त्रि किरातीले २८ औं जनयुद्ध दिवको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिनु भएको छ । कार्यक्रममा दिप प्रज्वलन गर्दै मन्त्रि सुदन किरातीले देशलाई योग्दान दिने शहितहरुलाई श्रञ्द्धाजली अपर्ण गर्दै बेपत्ता र घाईते योद्धा शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ ।