पथरी बहुमुखी ईकाइ सभापतिमा केशर थुलुङ - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

पथरी बहुमुखी ईकाइ सभापतिमा केशर थुलुङ

साइनाे समाचारदाता/ पथरी, २७ माघ
नेपाल विद्याथी संघ पथरी बहुमुखी क्याक्पसले ईकाइ अधिवेशन सम्पन्न गरेको छ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गर्दै नेपाल विद्याथी संघ पथरी बहुमुखी क्याम्पसले ईकाइ अधिवेशन सम्पन्न गरेको हो ।


ईकाइ अधिवेशनले केशर थुलुङ राईलाई सर्वसमत सभापतिमा चयन गरेको छ । ईकाइ अधिवेशनले उपाध्यक्षमा सपिन आचार्य, गंगाराम शाहा, सुजन लिम्बु, दिपेश फुयाल र पुनम मगरलाई चयन गरेको छ भने सचिवमा भुपाल खतिवडा र मिरा अधिकारीलाई चयन गरेको छ । ईकाइ कोषाध्यक्षमा केदर बजगाई चयन भएका छन ।
अधिबेशनले नेबि सघ पथरीशनिश्चरे नगर सभापतिमा सागर बराललाई चयन गरेको छ । पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको अधिबेशनमा नेपाली काग्रेसका क्षेत्रिय सभापति गणेश खड्का, नेवि संघ जिल्ला सभापति सरोज पोख्रेल, नगर सभापति रुपनारायण भट्टराई, सचिव सन्तोस कटुवाल, विध्याथी नेता होम पोख्रेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेवि संघका नेता तथा स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पसका अध्यक्ष गोपाल सावाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107