पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले ६ महिनामा ५० प्रतिशत काम सम्पन्न - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले ६ महिनामा ५० प्रतिशत काम सम्पन्न

साइनाे समाचारदाता/पथरी, २० माघ,
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले ६ महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। वडाले अर्धवार्षिक समीक्षा कार्यक्रम मार्फत चालु अर्थिक बर्षको ८० प्रतिशत काम सम्झौतासम्पनन् भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनु भयो ।

वडानम्बर ४ ले “विपन्नलाई बीमा छैन कुनै सीमा” अन्तरगत १०० विपन्न परिवारको स्वास्थ विमागरेको छ भने “किसानको अभरवडाको भर” अन्तरगत ८ सय परिवार किषानलाई विउविजन वितरण गरेको छ । “बाआमाकोभत्ता बाआमाकै हातमा” नारा अघि सारेको वडाले ३० जना वृद्धवृद्धालाई घरमै सामाजिकसुरक्ष भत्ता वितरण गर्दै आएको छ ।

वडाले बालिविज्ञानमा २ विद्यार्थीलाई पुर्ण छात्रवृत्ती र १ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ती प्रदानगरेको बताएको छ । वडाले स्मार्ट विद्यालय कार्यक्रम अन्तरगत ४ ओटा सामुदायीकविद्यालयलाई फेस स्कयान हाजिर मेसिन वितरण गरेको छ । फेस स्कयान हाजिर मेसिन वितरण गर्दै शिक्षा शाखा अधिकृत नविन खुलालले अभिभावका प्रतिको शंका मेटाउन र शिक्षक शिक्षिकाहरु काम प्रति बफादार छन भन्ने सावित गर्न यो हाजिर मेसिन कोशे ढुङगा सावित हुने बताउनु भयो ।

वडाको ६ महिनामा ५० प्रतिशत काम सम्पन्न गरेको वडाले ४ मुलमन्त्र अघि सारेको छ । वडालेजनताको कामकाज चुस्तदुरुस्त र सरल गराउने उदेश्यले ४ मुलमन्त्र मितव्यायिता, सेवामासरलता, पारदर्शिता र आपसी एकतालाई अघिसारेको छ । माघ २० गते वडाले गरेको अर्धवार्षिकसमीक्षा कार्यक्रममा ५० प्रतिशत काम सम्पन्न भएको ३० प्रतिशत काम संचालन र २० प्रतिशतसंम्झौता हुन बाँकी रहेको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनु भयो ।
वडालेनगरबाट विनियोजित १० लाखको मर्मत कार्य सम्पन्न गरेको छ भने प्रदेश सरकारको १करोडको सामुदायीक भवन निर्माण कार्य प्रकृयामा रहेको छ । शुद्ध खाने पानीका लागि ६महिनामा ५६ सय मिटर पाईप विस्तार भएको र ३४ थान सडक वत्ति जडान भएको प्रतिबेदनमाउल्लेख छ । वडाध्यक्ष न्यौपाने वडाको फजुल खर्च चिया नास्ता कटैति गर्दै र लोकपृयकार्यक्रम अघि सार्दै वडावासीका मन जित्न सफल रहनु भएको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107