“ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” प्रदेश १ को अध्यक्षमा जय तामाङ - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

“ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” प्रदेश १ को अध्यक्षमा जय तामाङ

साइनाे समाचारदाता /पथरी, १५ माघ

ड्रागनफ्रुट खेतिको प्रबद्धन र बजारीकरण गर्ने उदेश्यका साथ १ नं. प्रदेश “ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” कार्यसमिति गठन गरेको छ । आइतवार सुनसरीको ईटहरीमा ड्रागनफ्रुट ब्यावसायीहरुको भेलाले जयबहादुर तामाङको अध्यक्षतामा ११ कार्य समिति गठन गरेको हो ।


एसोसिएसनले प्रदेशका नं. १ को उपाध्यक्षमा संजिव राई, सचिवमा एक्सन राई, कोषध्यक्षमा बाबुराम निरौला, सदस्यहरुमा टेकनाथ पौडेल, कमला गुरुङ,रुद्रबहादुर कार्की, भुपेन्द्र थापा, सुरेस सिवाकोटी, मनिस राई र उसा तामाङलाई सर्वसमत निर्वाचित गरेको छ ।
“ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” का केन्द्रीय कोषाध्यक्ष गणेश तुर्छा राईको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश नं. १ का ५० भन्दा बढि कृषकको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बाेल्दै प्रमुख अतिथि “ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट कृषकहरु एक जुट हुनु पर्ने बताउनु भएको छ । शाक्यले “ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” को प्रदेश नं. १ को भेलालाई संबोधन गर्दै उत्त कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि शाक्यले ड्रागनफ्रुट खेतिमा धेरै सम्भावना भए पनि चुनौति थपिदै गएका कारण अब सबै कृषकहरु एक भएर अघि बढ्न आग्रह गर्नु भएको छ ।

ड्रागनफ्रुट स्वादिलो र पोषिलो फल भएको कारण कृषकको आकर्षण बढ्दै गएको छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर ड्रागनफ्रुट खेतिको सुरुवात भएको देखिन्छ । वजारमा ड्रागनफ्रुट फल प्रति केजि ६ सय ५० देखी ८ सय ५० सम्म पर्ने गरेको छ ।

नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञहरु नभएको र सरकार संग ड्रागनफ्रुट खेतिका लागि माटो परिक्ष विधी नरहेका कारण कृषकहरु समस्यामा रहेको केन्द्रिय सदस्य बासु ढकालले बताउनु भयो । नेपालमा विमाका लागि ३२ पेजको पोलेसी भए पनि ड्रागनफ्रुटमा विमा निती नभएका कारण सुरक्षाको प्रत्याभुती नरहेको ढकालको भनाई छ ।
कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतिको चुनौती र खेती गर्ने बिधीबारे सहजिकरण गर्नु भएको थियो भने बाबुराम निरौलाले माटो सुधारका विधीबारे जानकारी गराउनु भएको थियो । पछिल्लो समय यस्को बजारिकरणमा समस्या आएका कारण फलको विकल्प जुस जाम र वाईन जस्ता प्रोडक उत्पादनमा लाग्नु पर्ने मोरङ पथरी शनिश्चरेका कृषक प्रेम लिम्बु बताउनु हुन्छ ।

जमिन र विरुवामा जति धेरै बिषाधी प्रयोग गर्यो उति धेरै रोग लाग्ने पुर्वमा पहिलो पटक ड्रागनफ्रुट खेति सुरु गरेका सुनसरीका कृपासुर घले बताउनु भयो । हाल ड्रागनफ्रुटमा ४ प्रकारका फङगल (रोग) हरु देखा पर्न थालेको र माटो, विरुवाको सुरक्षाका लागि गाईको पिसाव, गोवर र कुखुराको सुली प्रयोग गरे रोगले नभेट्ने उहाको भनाई छ । ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परिक्षण विधी नभएको र रोग लागेमा औषधी नपाएको कारण समस्यामा परेको झापा गौरिगञ्जका उपेन्द्र थापाको भनाई छ ।

 

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107