सहकारीको सदस्य संख्या एक करोड पुर्याउछौं : रमेश पोखरेल - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

सहकारीको सदस्य संख्या एक करोड पुर्याउछौं : रमेश पोखरेल

साइनो समाचारदाता, पथरी/ १४ माघ
सहकारीको आकार सानो भए पनि धेरै काम गर्नु पर्ने र राज्यले पनि प्राथमिक्ता दिनु पर्ने राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले बताउनु भयो । पोख्रेलले सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे नगर समितिको १४ औ बार्षिक सधारणसभालाई सम्बोधन गर्दै सहकारी अभियान लोकपृय अभियान रहेको बताउदै बताउनु भयो । राज्यले लिएको ३ खम्बे अर्थनिती अन्तरगत सहकारी एक भएको पोख्रेलको भनाई छ ।


नेपालमा हाल ७४ लाख सदस्य रहेको चाँडै एक करोड र्पुयाउनु पर्ने पोखरेलले बताउनु भयो । भारत र अमेरिकाको तुलनामा नेपालमा आर्थिक संकट कम भएको पोखरेलको बताउदै नेपालमा निक्षेप कम भएपनि बचत कम नभएको उहाँको भनाइ छ । सहकारी संस्थाले नेपालको बार्षिक बजेटको २० प्रतिशत योगदान गरेको अब ३३ प्रतिशत र्पुयाउनु उहाँले बताउनु भयो ।

कर्मचारी संगठनले मोरङको पथरी शनिश्चरेमा रहेको मनोकामना सामुदायीक पार्कमा नेपालका सहकारीका जन्मदाता स्व. बखान सिंह गुरुङको नेपालमै पहिलो सालिक निर्माण गरेको छ । संगठनले १४ औ बार्षिक सधारणसभाको अवसरमा सहकारी क्षेत्र योग्दान पुर्यउने विशिष्ट ब्याक्तीहरुलाई सम्मान गरेको छ । सम्मान हुनेमा कन्तुर बहुउदेश्यीय सहकारी संस्था लि. का संस्थापक अध्यक्ष जनक पोखरेललाई, मोरङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का बरिष्ठ उपाध्यक्ष एकराज निरौला र लेखा सुपरीवेक्षण समिति संयोजक बिना राईलाई सम्मान गरेको छ । त्यस्तै सहकारीमा लामो समय काम गरेकी आरती सहकारी संस्थाका कर्मचारी चण्डिका बराल र मनकामना सहकारीकी पार्बता बुढाथोकीलाई समेत सम्मान गरेको छ ।

१ सय ३९ जना कर्मचारी रहेको संगठनले २०७८/ ७९ मा १ लाख ८० हजार ४ सय ६२ शुद्ध नाफा कमाएको कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले बताउनु भयो । संगठनको आर्थिक प्रदेवेदन तथा प्रस्तावित बजेट सचिव कल्याण बजगाईले प्रस्तुत गर्नु भएको थियो । उत्कृष्ट बचत कर्ता आरति सहकारीमा कार्यरत होमकुमारी तिवारी, उत्कृष्ट ऋण कारोबारमा बिशाल बचत तथा ऋण सहकारी संस्थाका अर्पणा देवानलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पथरीशनिश्चरे नगरका निवर्तमान प्रमुख दिलिपकुमार राई, सहकारी समन्वय समिति पथरीशनिश्चरे नगर अध्यक्ष युवराज भट्टराई प्रदेश सहकारी संघको अध्यक्ष डिल्ली पोखरेल, जिल्ला बचत संघका अध्यक्ष प्रेमप्रसाद कोइराला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कर्मचारी संगठका अध्यक्ष गणेश राईको सभापतित्वमा भएको १४ औ बार्षिक सधारणसभा तथा वनभोज कार्यक्रम मोरङको उर्लाबारी–२ स्थित बेतेनी सिमसारमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107