गुड फ्राइ डे मा अन्नपुर्णका विद्यार्थीद्धारा नमुना बाल गृहलाई सहयोग - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

गुड फ्राइ डे मा अन्नपुर्णका विद्यार्थीद्धारा नमुना बाल गृहलाई सहयोग

साइनो समाचारदाता/पथरी, १० पुस,
अन्नपुर्ण माध्यमिक विध्यालय पथरी शनिश्चरेका विद्यार्थीहरुले उर्लावारीमा रहेको नमुना बाल गृहलाई सहयोग गरेका छन । कक्षा ९ मा अध्यानरत ४० जना छात्र छात्राले गुड फ्राइ डे अन्तरगत उत्त सहयोग गरेका हुन । प्रत्येक शुक्रबार सृजनात्मक कार्य गर्दै आएका विद्यार्थीले यो शुक्रबार चामल आलु प्याज लगायतका खाद्यय सामाग्री सहयोग गरेको प्रिन्सीपल नारायण कटेलले बताउनु भयो ।


अघिल्लो साता विद्याथीले सुन्दर सामुदायीक वन क्षेत्रमा वृक्षारोपण गरेका थिए । विद्यार्थीहरुले हरियाली वातावरण बनाउने उदेश्यका साथ उन्नत जातका फलफुल, रुद्राक्ष, पिपल र फुलका विरुवाहरु रोपेका थिए । आउदो शुक्रबार न्यानो लुगा संकलन गरि विपन्न परिवारमा वितरण गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

समुदायमा उदाहरणीय कार्य गर्दै आएको विध्यालयले पाठ्यक्रमका अलवा समुदायसंग हातेमालो हुने नौला कार्य गर्दै आएको छ । विद्यालयले प्रत्येक महिना विद्यार्थीलाई समुदाय संग सहजिकरण गराउन केहि फरक काम गर्दै आएको छ । विद्यालयबाट वाहिरिए पछी समुदायमा कसरी सहभागिता जनाउनु पर्छ भन्ने दुविधा हटाउन विद्यालयले आफ्नो नियमित कार्यतालिका बनाएर विद्यार्थीलाई समुदायमा पठाउने गरेको प्रिन्सीपल कटेलले बताउनु भयो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107