साइनाे समाचारदाता/ पथरी, २२, मंसिर
हरेक वर्ष मङ्सिर पूर्णिमाकादिनबाट सुरुहुने चासोक तङनाम (न्वागीपूजा) अर्थात उँधौली सुरु भएको छ । चासोकतङनामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी “तागेरा निङ्वायुमालाई” चडाएर पुजाअर्चना गरि खाने चलन छ ।

सोहि अवसरमा लेटाङ याक्थुङ चुम्लुङलेटाङले आयोजनामा गरेको चासोक तङ्नाम २०७९ शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं. १ का नवनिर्वाचित संविधान सभा सदस्य डिग बहादुर लिम्बुले सबैधर्म समुदाय एक ठाउँमा रहन आग्रहर गर्नु भएको छ । कार्यक्रमको प्रमुख आतिथी लिम्बुले राष्ट्रिर राष्ट्रियता बलियो बनाउन सबै नेपालीहरु एक ठाउमा उभिएर धार्मीक सहिष्णुता कायम गर्नुपर्ने बताउनु भएको छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाकादिनबाट किराँत समुदायले महान पर्व चासोक तङनाम (न्वागी पुजा) सुरु गरि मनाउने चलन छ । किराँत सस्कार अनुसार यो पर्वमा नयाँअन्नबाली “तागेरा निङ्वा युमालाई” चढाएर मानिसले खाने प्रचलन रहेको छ । नयाँ वर्ष सुरु भए संगै मनाईने चासोकतङ्नाम पर्वको अवसरमा जातीय भेषभुषासहित साँस्कृतिक झाकी (केलाङ, च्याब्रुङ, हुर्रा,लाखे, धान माच) प्रस्तुत गरिएको थियो ।

यो पर्व प्रत्येक वर्ष संसार भरी छरिएर रहेकाभुमिपुत्रहरु एकै ठाउँमा भेला भएर विशेष पुजा अर्चना गरि मनाउने गरेका छन । लिम्बू भाषामा ‘चासोक’ को अर्थन्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामायाक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसारमानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेक तिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको र अन्नबालीभित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।याक्थुङ चुम्लुङ अध्यक्ष ललित बहादुरलिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रम लेटाङ ३ ईमाङ सिंङ चेम्जोङ स्मृति प्रतिष्ठानमा भएकोथियो ।



















