अमेरिकाका लागि केशबराम राई पर्यटन सद्भावना दूत नियुक्त - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

अमेरिकाका लागि केशबराम राई पर्यटन सद्भावना दूत नियुक्त

अमेरिका / अमेरिकाका लागि केशवराम राई पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकाको न्यूयोर्कमा रहनुभएका राईलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको बताइएको छ । राई युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाको केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता हुनुहुन्छ । यस्तैगरी राईसँगै अन्य ४ जना पनि पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नियुक्ति पाउनेहरुमा टेक्सासका चेतनाथ भट्टराई डल्लास र उद्धव खनाल, न्यू ह्याम्पशायरका शिव कुमार राई र मेरिल्याण्डका टंक कुँवर रहनुभएको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107