औषधि विभागद्धारा पथरी शनिश्चरेको रोहिन स्वास्थ्य क्लिनिकमा सिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

औषधि विभागद्धारा पथरी शनिश्चरेको रोहिन स्वास्थ्य क्लिनिकमा सिल

साइनाे समाचारदाता/ पथरी, भदौ १० औषधि व्यवस्था विभाग बिराटनगर शाखाले मोरङको पथरीशनिश्चरे ६ मा रहेको रोहिन स्वास्थ्य क्लिनिक एण्डफार्मेसीमा सिल गरेको छ । विभागले गोप्य सुचनाको आधारमा औषधि पसलमा छापामार्दा ठुलो परिणाममा लागुऔषधि सहित प्रतिबन्धित औषधी बरामद गरेकोे छ ।

विभागले प्रतिबन्धित औषधि फेला परे संगै रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीका संचालक २८ वर्षीय रोहिन मण्डललाई नियन्त्रणमा लिएको छ । बिभागले मण्डलको क्लिनिकबाट लागु औषधी ट्रमाडोल१ हजार ८ सय ४० ट्याब्लेट बरामद गरेको छ भने प्रतिबन्धित औषधि spaspain 5 box, Eskuf DX  8pic, zenegra red 27 tap, dormicam op 2 pic, vibel 1 box , k.t.5 drem 1 box, clobeata g.m.9 pic बरामत गरेको छ ।

विभाग लेटाङ प्रहरीले प्रतिबन्धित औषधि सहित पक्राउ परेका लेटाङ ३ का २२ वर्षीय आसन राई र दिपेश राईको सुचनाको आधारमा क्लिनिकमा छापामारेको थियो । छापामार्ने क्रममा लागुऔषधी र प्रतिबन्धित औषधि फेला परेको औषधि व्यवस्था विभाग बिराटनगर शाखाका सुचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका मण्डललाई म्याद थप गरि अनुशन्धान भै रहेको खड्काले जानकारी दिए ।

विभागले लेटाङ प्रहरीले पक्राउ गरेकोे राईलाई संगै लिएर सोमबार बेलुकी भातेगौडा स्थित मण्डलको फार्मेसीमा छापामारेको थियो । मण्ठल र राईलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । मण्डलले स्वास्थ्य क्लिनिक एण्ड फार्मेसी विना लाईसेन्स र विना दर्तासंचालन गर्दै आएका थिए ।

सम्बन्धित खवर