पथरी शनिश्चरेले नियम बिपरित ठेकेदार कम्पनीलाई ६४ लाख फिर्ता गर्ने (भिडियाे सहित) - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

पथरी शनिश्चरेले नियम बिपरित ठेकेदार कम्पनीलाई ६४ लाख फिर्ता गर्ने (भिडियाे सहित)

साइनो समाचारदाता पथरी/ साउन १९
मोरङको पथरी शनिश्चरेका मेयर मोहन तुम्बापोको दवावमा ठेकेदार कम्पनी वि एण्ड वि कन्ट्रक्सनलाई ६४ लाख फिर्ता गर्ने निर्णय भएको छ । मेयर तुम्बापोले नियम बिपरित ठेकेदार कम्पनीलाई ६४ लाख फिर्ता गर्न कार्यपालिका र नगर सभाबाटै पास गराएका छन । कार्यपालिका बैठकमा र नगर सभामा निर्णयको चर्को आलोचना भए पनि बहुमत रहेको एमालेले कार्यपालिका बैठकबाटै रकम फिर्ता गर्ने निर्णय गरेको हो । प्रतिपक्षमा रहेको नेपाली काग्रेंसले कार्यपालिका बैठकमा र नगर सभामा विरोध जनाए पनि अल्पमतका कारण निर्णय पास गर्नु परेको बताएको छ ।
बि एण्ड बि कन्ट्रक्सनका संचालक भुपाल श्रेष्ट नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रीय सदस्य हुन । श्रेष्ठको कम्पनी बि एण्ड बि कन्ट्रक्सनले नगरपालिका संग २०७८ चैत्रमा डाँस खोलाबाट नदिजन्य बस्तु ढुङ्गा, गिटी र बालुवा उत्खन्न गर्ने १ करोड १६ लाख २० हजार ३ सय ५२ रुपयाँमा इबिड मार्फत सम्झौता गरेका थिए ।

रकम फिर्ता दिने सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले लेखा फाँटलाई राय मागेका थिए । लेखा फाँटले दिएको रायमा बि.एण्ड बि. कन्ट्रकसनले कुनैपनि बहानामा कम्पनीले धरौटी रकम फिर्ता माग गर्ने छैन् भनि उल्लेख भएकाले रकम फिर्ता दिनु नपर्ने राय पेश गरेको थियो । लेखा शाखाबाट आएको राय अनुसार सम्झौता र आर्थिक ऐनमा छुट दिने ब्यावस्था नभएका कारण उत्त विषयको निर्णनयका लागि कार्यपालिका बैठकमा पेश गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले बताए ।
रकम फिर्ता दिने निर्णय गरेको कार्यपालिकाको निर्णय र नगरसभाको निर्णय, सम्झौता पत्रको प्रमाणित प्रतिलिपि माग गर्दा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले दिन नमिल्ने बताए । अध्ययन गर्न दिन मिल्ने तर फोटो खिच्न र प्रतिलिपि दिन नमिल्ने बताए । सूचनाको हक प्रयोग गर्दा समेत सुचना लुकाईएको छ । कर्मचारीबाट जवाफ आउछ “माथिको आदेश छ प्रतिलिपी र फोटो खिच्न नदिनु भन्ने” । जस्ले प्रष्ट पार्दछ नगर प्रमुख र प्रमुख प्रसासकृय अधिकृत जनतामुखी हैन ठेक्केदारमुखी छन भन्ने ।

 

श्रेष्ठको कम्पनीले ५ स्थानबाट खोल उत्खन्न गर्ने सम्झौता भएको थियो । सो मध्ये ३ स्थानबाट ८ लाख ८५ हजार ८ सय ७८ घनफिट नदिजन्य पदार्थ उत्खन्न गरेको छ । सम्झौता अनुसार पथरीशनिश्चरेको वडा नं. ८, ९ र १० मा पर्ने डाँस खोलाको नदिजन्य बस्तु ढुङ्गा, गिटी र बालुवा उत्खन्न गर्ने भन्ने थियो । तर स्थानियले अवरोधका कारण कम्पनीले सम्झौता अनुसार उत्खन्न गर्न पाएन । नगरलाई सहजिकरण गरिदिन भन्दै २०७९ बैशाकमा निवेदन दिएको र नगरले सहजिकरण गर्न नसकेको भन्दै कम्पनीले धरौटी रकम फिर्ता माग गरेको थियो । श्रेष्ठको कम्पनी बि एण्ड बि कन्ट्रक्सनले स्थानियको अवरोधका विच पनि ५१ लाख ६६ हजार ५ सय ७५ रुपयाँको नदिजन्य बस्तु निकालेको इन्जिनियर सन्तोष केसीले बताए ।

एउटै पार्टिको कार्यकर्ता ठेकेदार कम्पनी संचालक भए पछि मेयर तुम्बापोले ‘‘व्यवहारिक रुपमा कम्पनीलाई मार्का परेको हुदा नगर फिर्ता दिनु पर्ने बहाना निकालेका छन । अझै मेयरलाई नगर र जनताको भन्दा पनि कम्पनीले चिन्ता छ । यसरी नियम बिपरित रकम फिर्ता गर्दा सरकारी कोषको भन्दा पनि ठेकेदार कम्पनीले तिरेको भ्याट रकम नर्फकीनेमा प्रमुखलाई ठुलो चिन्ता परेको छ ।

आर्थिक नीति र नियमसंगत् रुपमा यो रकम फिर्ता दिनुपर्ने नदेखिए पछि मेयर निकट सो कम्पनीलाई रकम फिर्ता गर्न असार ८ गतेको कार्यपालिका बैठक र असार १० गते भएको नगरसभाले फिर्ता दिने निर्णय गरेको थियो । नगरसभाको निर्णय ऐन सरह हुने भएकाले कार्यान्वयनमा जान बाध्य भएको प्रमुख खरेलको भनाईले प्रष्ट पार्छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107