पथरी शनिश्चरे नगरकाे कार्यपालिकाले पायाे पुर्णता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी शनिश्चरे नगरकाे कार्यपालिकाले पायाे पुर्णता

साइनाे समाचारदाता / पथरी, १७ जेठ मोरङको पथरी शनिश्चरे नगरको कार्यपालिका सदस्यका रुपमा महिला, दलित वा अल्पसंख्यकका तर्फबाट निर्वाचित ८ जनालाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पथरी शनिश्चरेले आयोजना गरेको कार्यक्रममा, नगर प्रमुख मोहनप्रसाद तुम्वापोले  पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । साथै निर्वाचन अधिकृत खगेन्द्र सुवेदी र सहायक अधिकृत पूण्यप्रसाद पौडेलले नगर प्रमुख तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेकै अगुवाईमा प्रमाणपत्र वितरण गर्नुभयो ।

१० वडा रहेको नगरमा नेकपा एमालेको बहुमत सदस्य निर्वाचित रहेपछि कार्यपालिकाको महिला, दलित वा अल्पसंख्यकका रुपमा एमालेबाटै ८ जना निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा, नेपाली कांग्रेसबाट महिला, दलित र अल्पसंख्यक गरी ३ जनाको उम्मेदवारी दर्ता गराए पनि उम्मेदवारी फिर्ता लिए पछि निर्विरोध रुपमा एमाले प्यानलका सदस्य निर्वाचित भएका हुन् ।

यस अघि वडा सदस्यमा निर्वाचित कल्पना श्रेष्ठ, तुलसा कार्की (मुना), मिनाकुमारी तामाङ, शान्ता योङहाङ र सीता दर्जी महिला सदस्यका रुपमा कार्यपालिकामा निर्विरोध निर्वाचित वन्नु भएको छ । त्यस्तै, अञ्जना दर्जी, पदमबहादुर धिमाल र वीरध्वज नेपाली शिवा दलित वा अल्पसंख्यकतर्फबाट कार्यपालिका सदस्यमा मनोनित भई निर्वाचित हुनु भएको छ । वडाध्यक्षहरुको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । निर्वाचन अधिकृत सुवेदी र सहायक अधिकृत पौडेललाई नगरपालिकाले धन्यवाद समेत ज्ञापन गरेको छ ।

नगरमा एमालेबाट नगर प्रमुख, उपप्रमुख सहित ३४ जना र नेपाली कांग्रेसबाट १८ जना निर्वाचित भएका छन् ।

 

सम्बन्धित खवर