साइनाे समाचारदाता पथरी/ चैत्र १७
काग्रेंस महामन्त्रि विश्व प्रकाश शर्मा बेलबारी आउने भएका छन । काग्रेंसका प्रखर बक्ता शर्मा चैत्र २० गते नेपाली काग्रे्रस बेलबारी नगरको आयोजना हुने खुल्ला सभालाई संबोधन गर्न बेलबारी आउने भएका हुन । आउदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि हुन लागेको खुल्ला सभामा महामन्त्रि शर्माले जनतामा एमालेले काग्रेंस प्रति लगाएका भ्रम चिर्ने भएका छन । देश र जनताका लागि सहि ओकालत गर्दै जनता माझ लोकप्रिय बनेका शर्मा कार्यकुशलताका कारण पार्टीको प्रवक्ता समेत रहेका छन ।

महामन्त्रि शर्माको उपस्थीतीका लागि सम्पुर्ण तयारी भै सकेको नगर सभापती क्षत्र लिम्बुले बताए । शर्माको सुरक्षाका लागि ठुलो संख्यामा तरुण युवा परिचालन गरिएको छ भने बेलालबारी आशपासका नगरहरु सजिएको सभापती लिम्बुले बताए ।
मानिसको ठुलो भिड हुने भएकाले नेपाली काग्रेंस बेलबारी नगर समितिले पुरानो मालपोत लाईनको खुल्ला बाटोमा खुल्ला सभाको आयोजना गरेको छ । सभाको सोभा बढाउन र शर्माको तार्कीक भाषणका कारण आसपासका नगरबाट ठुलो संख्यामा मानिसको उपस्थीती हुने तयारी भएको नेपाली काग्रेंस क्षेत्र नं. ३ क प्रदेश सभापती तथा बेलबारी नगरपालीका वडा नं. १० वडाध्यक्ष गंगा याक्खाले बताए ।
अव नेपाली कांग्रेस पार्टी महामन्त्री विश्वप्रकाश शर्माले नै पार्टी सम्हाल्ने धेरैले विश्वास लिएका छन । बच्चा देखि बुढा हुर्दै युवा पुस्ताको विश्वास जित्न सफल रहेका कारण पार्टीको नेत्रित्व बोक्ने कुसल नेताका रुपमा महामन्त्रि विश्व प्रकाश शर्मालाई हेरिएको छ । शर्मा विरोध भन्दा पनि राम्रो काम र भाषणका कारण सधै चर्चामा रहने गरेका छन । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा नेपाली राजनीतिमा नवीन प्रयोग गर्ने नेता हुन् ।
















