दशैंमा मात्र १९ हजारभन्दा बढीले पाथीभरा मन्दिरमा गरे पूजापाठ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दशैंमा मात्र १९ हजारभन्दा बढीले पाथीभरा मन्दिरमा गरे पूजापाठ

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका हुन ।

नेपालीहरूको महान चाड बडादशैं तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना भक्तजनहरू पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेका माथिल्लो फेदी प्रहरी चाैकीका प्रहरी इन्चार्ज लोकबहादुर थापाले बताए । दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीहरूले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन आज (बिहीबार)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । छुटिकाे समय पहिले भन्दा सिजलाे बाटाे र विभिन्न ठाउबाट फ्लाइटमा आउन जान सिजलाे भएका कारण पाथीभरा मन्दिरमा भिडभाड बढेकाे हाे ।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर, गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थ यात्रीहरूको चहलपहल बढ्न थालेको हो । पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगीहरू उत्साहित भएका छन् ।

सम्बन्धित खवर