झापाको गौरादहमा बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुली अस्पतालमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

झापाको गौरादहमा बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुली अस्पतालमा

झापा : घरमा धुमधामका साथ विवाहको आयोजना गरेको केही दिनभित्रै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। दुवै जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

झापाको गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए।

उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो। आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाको घरमा वैशाख १० गते विवाह भएको थियो। विवाह सकिएलगत्तै केही दिनभित्रै सन्तोष, उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए। शुक्रबार राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए।

त्यस्तै, सन्तोषकी श्रीमतीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए। मानिसको भिडभाड हुने गरी घरमा भएको विवाहबाटै संक्रमण फैलिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए। नयाँ भेरियन्टबाट गौरादहमा पाँच जनाको मृत्यु भइसकेको जनाइएको छ।

Thakhaber.com

सम्बन्धित खवर