मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको आजको खेलमा थापाचोक मंगलबारे फुटवल क्लब बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको आजको खेलमा थापाचोक मंगलबारे फुटवल क्लब बिजयी

प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको आजको खेलमा मंगलबारे फुटवल क्लब बिजयी भएको छ । तालतलैया फुटवल एकेडेमि क्लवलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै थापाचोक मंगलबारे फुटवल क्लव विजयी भएको हो ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । थापाचोक मंगलबारेको जितका लागि मध्यान्तरको १५ औँ मिनेटमा जर्सी नं १० का सनम भुजेलले पहिलो गोल गरेका थिए । मध्यान्तरको २१ औँ मिनेटमा जर्सि नं ९ का खेलाडी संजय धिमालले अर्को गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए । खेलको ३० औँ मिनेटमा तालतलैया फुटवल एकेडेमिका जर्सि नं ५ का किरण राईले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा थापाचोक मंगलबारेका लागि मंगलबारेका लागि तेस्रो र ब्यक्तिगत दोश्रो गोल गर्दै १–३ गोलको अग्रता दिलाए । यो संगै थापाचोक मंगलबारे फुटवल क्लव १ का बिरुद्ध ३ गोलले विजयी भएको छ । खेलको म्यान अफ द म्याच थापाचोक मंगलबारेका गोलरक्षक मनोज दाहाल घोषित हुँदै नगद १ हजार प्राप्त गरे । म्यान अफ द म्याचको पुरस्कार दानबहादुर राईले सौजन्य गरेका थिए । उनि मनिशा कृषि फार्मका सञ्चालक समेच रहेका छन् । भोलीको खेल हिमाल फुटवल क्लव कानेपोखरी र लालभित्ति फुटवल क्लव बेलबारीबिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछन भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछन् । प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका छन् । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर