५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदयको विजयी सुरुवात - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदयको विजयी सुरुवात

प्रेमप्रसाद भट्टराई(के.डी)/ पथरी
मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको शनिबारको खेलमा टेन नवोदय विजयी भएको छ । खेलको ७० औ मिनेट टेन नवोदयका रुपेश केसीले पेनाल्टी मार्फत निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी गराए ।


खेलको १५ औ मिनेटमा उर्लाबारीका डिफेन्स निरज बस्नेतले टेन नवोदयका बुद्ध चेमजोङ्लाई डिबक्स एरियामा फल गरेपछी पाएको पहिलो पेनाल्टीमा बुद्ध गोल गर्न चुकेका थिए । बुद्धको प्रहार उर्लाबारीका किपर चरी लिम्बू उत्कृष्ट बचाउ गरे पनि उर्लाबारीका पहिलो चरणबाटै बाहिरीनु परेको छ ।
निकै प्रतिस्पद्धात्क खेलमा दुबै टिमले निकै राम्रा अवसरहरु चुकाए । खेलको २१ औ मिनेटमा नवोदयका सनम तामाङले प्राहार गरेको बल गोल पोस्ट्मा लागेर फर्कदा टेन नवोदय गोल गर्नबाट चुकेको थियो । उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइडबाट सजय धिमालले गरेको शसक्त प्राहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै खेलको ६७ औ मिनेटमा उर्लाबारीका मन्दिप धिमाल वान भर्सेस वानको अबस्थामा चुक्दा उर्लाबारीले हार ब्यहोर्नु प¥यो । जितका लागि टेन नवोदयले निर्धारित ७० मिनेटको अन्तिममा दोस्रो पेनाल्टी कुर्नु पर्यो ।
शनिवारको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसि घोषित हुँदै नगर २ हजार ५ सय रुपैया हात पारे । भोलिको खेल बिराटनगर र बेलडाँगीका बिचमा हुने छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन । भुटानी शरणर्थी शिविरका युवाहरुको यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा संचालीत प्रतियोगितामा १४ टिम सहभागी छन । भूटानी शरणार्थी शिविरको रङगसालामा जारी प्रतियोगीतामा तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको छ ।

सम्बन्धित खवर