नवराज वि.क प्रकरण : न्याय खोज्दै पिडितका बा–आमा काठमाडौंमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नवराज वि.क प्रकरण : न्याय खोज्दै पिडितका बा–आमा काठमाडौंमा

साइनो समाचारदाता
काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् ।

जाजरकोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए । उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।

हत्याको घटनामा संलग्नलाई एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न काठमाडौं आइपुगेको नवराजकी आमा उर्मिलाले बताइन् । विहीबार साँझ काठमाडौं आएका उनीहरुले शुक्रबार विहान माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । मृतकका अभिभावकले रुँदै आफूहरुलाई न्याय दिनका लागि बिलौना गरेका थिए । नवराजका बुवा मुनलालले भने, ‘के हामीले पनि उनीहरुलाई गएर मारौँ अनि धरौटीमा निस्कौँ ? त्यस्तो गर्न मिल्छ ?’ मृतक परिवारका अभिभावकले सबै जना आफ्नो पक्षमा लडिरहेकाले न्यायको आशा चाहिँ बाँकी रहेको बताए ।

 

सर्वोच्चमा प्रतिवादीको निवेदन

थुनामा रहेका १७ जना प्रतिवादीले आफूलाई रिहाइ गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आफूहरुलाई रिहाइ गरेर कानुनी कारवाही अगाडि बढाइयोस् भन्दै सर्वोच्चमा निवेदन परेको हो ।

उच्च अदालतमा बाझिएको मतको विषयमा शुक्रबारलाई पेसी तोकिए पनि प्रतिवादीको निवदनको विषयमा पनि सँगै सुनुवाइ हुने सर्वोच्चले बताएपछि बहस सरेको अधिवक्ता त्रिलोकचन्द्र विश्वास विकेले बताए । थुनामा रहेका अन्य ११ जनाका निवेदन पनि आइसकेपछि बहस हुने सर्वोच्चलाई उदृत गर्दै विकेले जानकारी दिए ।

 

अनलाइनखबबाट

सम्बन्धित खवर