नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

साइनो समाचारदाता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

शनिबार बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । पार्टीभित्र हाल देखिएको विवाद स्थायी कमिटीको बैठकबाट निरुपण हुने विश्वास नेताहरुमा रहेको छ । गत भदौ २६ गते सम्पन्न ८२ दिन लामो नेकपा स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, विवाद मिलेको भनिएको ८६ दिनपछि पुनः आइतबार नयाँ विवादित एजेण्डाबारे छलफल गर्न बस्न लागेको स्थायी कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ ।

पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ । यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका थिए ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले अध्यक्षका दुवै प्रस्ताव फिर्ता लिने र साझा प्रस्ताव तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एक कार्यदल बनाउने प्रस्तावसमेत शनिबारको सचिवालय बैठकमा गरेका थिए । तर त्यो प्रस्ताव पनि बैठकले अस्वीकार गरेको थियो । त्यसपछि सचिवालयले दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली आइतबार स्थायी कमिटीको बैठक बस्न अनिच्छुक थिए । एजेण्डा र तयारी केही पनि नभएको भन्दै उनले बैठक १५ दिन पछि सार्न प्रस्ताव गरेका थिए । तर अन्य नेताहरुले त्यसलाई अस्वीकार गर्दै पूर्वनिर्धारित मिति र स्थानमै स्थायी कमिटी बैठक बस्नुपर्ने अडान राखेका थिए ।

 

सम्बन्धित खवर