बेलबारी नगरपालिकाद्धारा किसानलाई गहुँको बीउ वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलबारी नगरपालिकाद्धारा किसानलाई गहुँको बीउ वितरण

साइनो समाचारदाता पथरी/

कृषका लागि याे समय मुठ्ठि छरेर मुरि उमार्ने समय हाे । तर किषानले समयमै बिउ र मलकाे अभाव झेल्नु पर्ने समस्या ब्यापक छ । तर मोरङको बेलबारी नगरपालिकाले स्थानीय कृषक समुहलाई गहुँको बीउ वितरण गरेको छ । आफ्नो नगरक्षेत्रभित्रका किसानहरूलाई निर्वाहमुखी कृषि प्रणालीबाट व्यवसायिक कृषक बनाउनका निम्ति स्थानीयस्तरमै शुद्ध र गुणस्तरीय बीउ उत्पादन गर्ने उद्देश्यले समुहमा आवद्ध सयौं किसानहरूलाई गहुँको बीउ वितरण गरेको हाे ।

बेलबारी नपा वडा नं. ५ स्थित मिश्रित व्यवसायिक तरकारी उत्पादन समुहझलाई सामुहिक रूपमा ६ हेक्टर जग्गाका लागि आवश्यक ९०० क्विन्टल बीउ उपलब्ध गराएको कृषि शाखाका कर्मचारी बिनोद दाहालले बताए । बीएल ४३४१ जातको उन्नत बीउ वितरण गरिएकोमा किसानहरूले उत्पादन गरेको गुणस्तरीय बीउ कृषि सामग्री संस्थानले नै किसानबाट उपयुक्त मूल्यमा बीउ खरिद गरिदिने शर्त रहेको यस वडाका वडाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष विश्वबन्धु बस्नेतले आफ्नो सम्बोधनक्रममा बताए । हाल यस समुहले उत्पादनबाट गरेको बीउ भोलिका दिनमा नगरपालिकाका अन्य वडाहरूमा समेत लगिने र आम किसानहरूलाई कृषिमा आधुनिकीकरण यान्त्रिकरणका माध्यमबाट व्यवसायिक र आयआर्जनमा जोड्न यी र यस्ता कार्यक्रम ल्याइएको हो । किसानहरूका थप आवश्यकताहरूको पहिचान गरि नगरपालिकाले आवश्यक सहयोग गर्दै उत्पादनशीलतामा जोड दिने लक्ष्य रहेको कुरा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् । उपमेयर पराजुलीले मूलतः धान, धानबाट हुने चामल र चामलबाट भातलगायतको परिकार खाने आफ्नो बानी विकसित भएको भए पनि यसको भरपर्दो विकल्पको रूपमा गहुँ अब क्रमशः अनिवार्य खाद्य परिकार र अन्य–अन्यभन्दा पोसिलो परिकार समेत यसलाई उन्नत बालीको रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिँदै सरकार खाद्यवस्तु आयातलाई रोक्न र निर्यात बढाउनमा लागेको बताइन् ।

सम्बन्धित खवर