प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल

साइनो समाचारदाता । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गर्नुभएको छ ।

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गर्नुपर्छ भन्नुभयो । बजारमा प्राविधिक विषयको अध्ययन गर्ने जनशक्तिको माग धेरै भए पनि पढाइ नभएका कारण मागसमेत परा गर्न नसकेको यसतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ ।

कार्यक्रममा सांसद खेमप्रसाद लोहनीले जिल्लाको शिक्षाको विकास क्याम्पसले गरेकोले यसलाई सबैको पहुँचमा हुनेगरी उपयोगी बनाउनुपर्नेमा जोड दिनुभएको छ । सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न क्याम्पससभामा क्याम्पस प्रमुख नवराज शर्माले रणनीतिक योजना र शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नीलकण्ठ क्याम्पसमा ९८९ विद्यार्थी रहेका छन् । प्राविधिक शिक्षा शुरुआतका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सहकारीसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गर्र्ने आधार तय गर्ने क्याम्पससभाले निर्णय गरेको छ । जिल्लाको पहिलो सामुदायिक सो क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शम्भुुकुमार श्रेष्ठ चयन हुनुभएको छ । आगामी चार वर्षका लागि उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उहाँ क्याम्पस स्थापनाकालका क्याम्पस प्रमुख हुनुुहुन्थ्यो । क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नवराज शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ ।

रासस

सम्बन्धित खवर