वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

साइनो समाचारदाता । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करको निगरानी राखिने भएको हो ।

नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ । बैठकबाट हिँउदको समयमा अत्यधिक चिसो हुने हुँदा पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने, निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने, यार्सागुम्बा सङ्कलन निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, वन्यजन्तु अपराध नियन्त्र एकाइको संयन्त्रलाई सङ्घीयतानुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउनेलगायत महत्वपूर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाकारी दिनुभयो ।

हिँउदको समयमा स्थानीयवासीसमेत करिब छ महिनाका लागि पशु चौपायासहित चिसो छल्न बेँसी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा आधुनिक प्रविधिबाट गस्ती शुरु गरिने उहाँको भनाइ छ । नेपालमै पहिलो पटक तीन हजार ६०० मिटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठक बसेको पौडेलको दाबी छ । शे–फोक्सुण्डो राष्«िटय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्यसहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

निकुञ्ज क्षेत्रमा चोरी निकासी बढेकाले निरन्तर रुपमा संरक्षण भइराख्न जरुरी रहेको वन सचिव कृष्णप्रसाद आचार्यले बताउनुभयो । ठूलो भूगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको उहाँको भनाइ छ । गत आवमा निकुञ्ज क्षेत्रमा अनुमति नलिएर विकास योजना सञ्चालन भए पनि आव ०७७÷७८ मा प्रदेशबाट आउने सम्पूर्ण विकास योजना राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिएर मात्रै सञ्चालन गर्न दिइने उहाँले बताउनुभयो ।

रासस

सम्बन्धित खवर