साइनो समाचारदाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफुलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गर्नुभएको छ । आजै ओलीका प्रेस सल्लाहकार सुर्य थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
















