साइनो समाचारदाता
बिराटचौक । नेपाली काँग्रेसका महासमित सदस्य तथा विराटचोकका युवा नेता ललितबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता श्रेष्ठले आफुलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन ।
उनले आफुलाई कोरोना पुष्टि भएको भन्दै आफुसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गराउन समेत आग्रह गरेका छन । श्रेष्ठ नेपाली काँग्रेसका तर्फबाट मोरंग क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यका लागी उम्मेदवार समेत बनेका थिए । नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य समेत भएका श्रेष्ठ जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित रहेका छन ।
















