साइनो समाचारदाता
झापा । झापामा गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा ५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन् ।
उनीहरुले शनिबार बिहान ८ बजे गोरु काटेर खाएको प्रहरीको भनाइ छ । नजिकै रहेको उखुबारीमा गोरुको टाउको र खुट्टा गाडेको भनी प्रहरी चौकी शनिश्चरेमा स्थानीयले खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।
यसैगरी, उनीहरूले गाडेको गोरूको टाउको र खुट्टा समेत फेला परेको छ । पक्राउ परेकामाथि कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















