चितुवा नियन्त्रणमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

चितुवा नियन्त्रणमा

साइनो समाचारदाता
तनहुँ । तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले थापेको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चार÷पाँच दिन अगाडी थापेको खोरमा चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । त्यो ठाउँमा एक व्यक्तिको कुखुरा खोरमा पसेर कुखुरा मारिदिएको भन्ने गुनासो आएपछि खोर थापेको उहाँको भनाइ छ । तुलुङकोटका सन्तबहादुर तामाङको कुखुरा खोरमा छिरेर चितुवाले विगत केही समयदेखि कुखुरा मारेको थियो ।

गत साउन १८ र १९ गते चितुवाले कुखुराको खोरमा रहेका चार सय भन्दाबढी कुखुरा मारेको थियो । त्यस्तै असोज १ गते ५३०, असोज ३ गते १३० कुखुरा मारेको र ५३५ भन्दाबढी कुखुरा घाइते बनाएको तामाङले जानकारी दिनुभयो । चितुवाले दुःख दिएपछि नियन्त्रणको माग र क्षतिपूर्तिसहित तामाङले डिभिजन वन कार्यालयमा निवेदन दिनुभएको थियो ।

रासस

सम्बन्धित खवर