साइनो समाचारदाता । ‘दुर्लभ’ कछुवासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगर २ बस्ने बर्ष २५ वर्षीय सर्वराज बुढ़ा, नुवाकोट बेलकोट गढी नगर ५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेष्ठ, काभ्रे नमोबुद्ध नगर ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल, रौतहट चन्द्रपुर नगर ३ बस्ने १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोट बेलकोट गढी नगर ५ बस्ने १९ वर्षीय प्रमोद बास्कोटा रहेका छन्।
शनिबार ७०० ग्राम तौल र १२ इन्च लम्बाई भएको पहेंलो रंगको कछुवालाई ३५ लाखमा बेच्न भनि पाँच जनाले चितवनदेखि काठमाडौं ल्याएका थिए । प्रहरीले साढे ११ बजे उनिहरूलाई काठमाडौं महानगर १४ कलंकी मकालु पेट्रोल पम्प अगाडिबाट विशेष सूचनाका आधारमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रही उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए । उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ ।
















