साइनो समाचारदाता
इटहरी । शनिबार इटहरीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २४ र २५ गते संकलन गरिएको स्वावमा ८ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा इटहरी ४ का ५८ वर्षिय महिला, वडा नं १२ का ५९ वर्षिय महिला, १३ का २ जना २६ र ४८ वर्षिय पुरुष रहेका छन् ।
त्यसैगरी इटहरी २० का ३ जना ४८ वर्षिय महिला र २६, ३१ बर्षिया पुरुष रहेका छन । साथै वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आफै परिक्षण गराएका इटहरी २० का ३२ बर्षिय महिलामा पनि संक्रमण पुष्टी भएको छ । यो सँगै इटहरीमा हाल सम्म संक्रमण पुष्टी हुनेको संख्या ३१७ पुगेको छ ।
















