पहिराको जोखिममा नाग्मबजार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

पहिराको जोखिममा नाग्मबजार

साइनो समाचारदाता
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ । वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन् । यो वर्ष मानवीय क्षति हुने गरी पहिरो गएकाले नगरवासी त्रसि बनेको स्थानीयवासी मदन उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “नाग्मबजार पहिरोबाट सुरक्षित छैन । जुनसुकै बेला बजारमा पहिरो पस्ने खतरा छ ।” स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले बजार जोगाउनमा ध्यान दिनुपर्ने स्थानीयवासी उपाध्यायले बताउनुभयो ।

तीला नदीले बजारको तल्लो भाग वर्षेनी कटान गरीरहेको छ । उहाँका स्थानीयवासीका अनुसार फोहिरो र नदीको कटान नियन्त्रणमा कसैको ध्यान गएको छैन । बजारका स्थानीयवासी मानबहादुर बुढाका अनुसार पहिराले घर भत्काउने र मानिसले बनाउने क्रम निरन्तर जारी छ । बजारमा रहेका १२० घरका स्थानीय त्रासित रहेको बुढाले बताउनुभयो । स्थानीय सरकारले भवन आचारसंहिताअनुसार घर बनाउन आग्रह गरे पनि यहाँका स्थानीयवासीले सो आचारसंहिता पालना गरेका छैनन् ।

तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भन्नुभयो, “पहिरोमा परी मृत्यु भएका परिवारको व्यवस्थापन र बजार व्यवस्थापन नगरपालिकाको पहिलो प्राथामिकता हो ।” यही भदौ १३ गते सो बजारमा पहिरो जाँदा दश जानकोे मृत्यु भएको थियो ।

 

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

करदाता सेवा कार्यालय जुम्लाले यस वर्षको साउनमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना कहरका बीचमा पनि राजश्व सङ्कलनमा बृद्धि भएको छ । सो महिनामा लक्ष्यभन्दा रु १ करोड १९ लाख ८० हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको कर अधिकृत गोपालबहादुर थापाले बताउनुभयो ।

रु ३ करोड २१ लाखको लक्ष्य राखिएकोमा रु ४ करोड ४० लाख राजश्व सङ्कलन भएको कर अधिकृत थापाले बताउनुभयो । जसमा मूल्य अभिबृद्धि करतर्फ रु १ करोड ४२ लाख ६९ हजार, आयकरतर्फ रु १ करोड २२ लाख ७४ हजार, अन्तःशुल्क रु १ करोड ३२ लाख ९ हजार, पारिश्रमिक आयकर रु ६६ लाख ५१ हजार र २८ लाख ६९ हजार सामाजिक सुरक्षा करलगायत विभिन्न १७ वटा शीर्षकबाट राजश्व सङ्कलन भएको कर सेवा कार्यालय जुम्लाले जनाएको छ । कर सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु २३ करोड २२ लाख ५५ हजार ४०१ राजश्व सङ्कलन गरेको छ । लक्ष्य नै नतोकिएर गत आवको असार अन्तिम सम्ममा रु २३ करोड बढी राजश्व सङ्कलन भएको हो ।

रासस

सम्बन्धित खवर