साइनो समाचारदाता
काठमाडौँ । आज देशभर थप १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैपटक यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यो संगै हालसम्म संक्रमितहश्रको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
















