साइनो समाचारदाता
जनकपुरधाम । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ शाहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।
शाहले गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार गरेर फरार भएका शाहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















