साइनो समाचारदाता
काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ रहेका छन् । २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंङलाई पक्राउ गरिएको गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र भण्डारीले बताए ।‘अहिले म्याद थप गर्न पठाएका छौं’, भण्डारीले भने ।
आइतबार वनकालीस्थित घरमै आएर प्रहरी जवान थिङले आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ । जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन । म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।
अनलाइनखबरबाट
















