साइनो समाचारदाता
इनरूवा । सुनसरीमा आज एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा इटहरीका ५८ जना, धरानका ७, भोक्राहा र इनरूवाका १÷१ जना रहेका स्वास्थ्य कार्यालय सुनसरीकी फोकल पर्सन सृजना लिङ्थेपले बताईन् ।
आज थपिनेहरुमा ६० जना पुरूष र ७ जना महिला रहेको उनले जानकारी दिइन् । यो सँगै सुनसरीमा संक्रमितको संख्या ८३० पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा ३८५ जना निको भएका छन् भने एक्टिभ केसको संख्या ४३० रहेको कार्यालयले जनाएको छ । सुनसरीमा अहिले सम्म ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
















