साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले राहत बितरणका लागि नगरपालिकाको फोहोर उठाउने गाडीको प्रयोग गरेको छ । नगरले लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने श्रमीकहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री राहत बाँड्दै आएको छ । नगरले राहत बाँडन प्रयोग गरेको उक्त गाडी भने फोहोर उठाउन प्रयोग हुने गरेको छ ।
नगरले गरेको उक्त कार्यप्रति सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । नगरले फोहोर उठाउने गाडीमै राहत सामग्री ओसारपसार गरेको तस्बीर नगरको फेसबुक पेजबाट सार्वजनिक गरेको थियो । नगरले सार्वजनिक गरेको समाचार र तस्बिरलाई शेयर गर्दै वडा नं १० का वडाध्यक्ष सागर राईले बिरोध गरेका छन् । नगरले नगरबासिको अपहेलना गरेको आषय ब्यक्त गर्दै वडाध्यक्ष राई बिरोध जनाएका हुन् ।
वडाध्यक्ष राईले उक्त कार्यको बिरोध गरेपछि सामाजिक सञ्जालमा नगरको चौतर्फी आलोचना भएको छ । नगरको उक्त राहतले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपनि नगरले हालसम्म यो विषयमा कुनैपनि आधिकारीक धारणा ब्यक्त गरेको छैन । यो कुराको जानकारी लिन नगरपालिकाका प्रवक्त यामप्रसाद गुरागाईसँग बुझ्दा राहत वितरणमा उक्त गाडीको प्रयोग भएको तर हालसम्म फोहोर उठाउन प्रयोग नगरीएको हुन सक्ने शंका ब्यक्त गरे
















