साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा पनि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । शनिवार आएको परीक्षणको रिपोर्ट अनुसार समुदायक स्तरका ३ जना र क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिए ।
नगरको क्वारेन्टिनमा रहेका र समुदायका गरी जम्मा ७ जनालाई कोरोना देखिएपछि सबैलाई सुरक्षित रहन नगरले अनुरोध गरेको छ । संक्रमितहरु २२, २३ र २५ वर्ष उमेर समुहका रहेका छन् ।
















