काठमाडौं/ एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाली सांगीतिक इतिहासको धेरै रुचाइएको कार्यक्रम नेपाल आईडल सिजन ३ को उपाधी सज्जा चौलागाईले जितेकी छन ।

कोरोना महामारीका कारण यो वर्ष नेपाल आइडल सिजन ३ को घोषणा अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घोषणा गरे । नेपाल आइडलको स्टुडियोमै कोरोना संक्रमण भए पछि निर्णायक मण्डल, प्रतिस्पदी लगायत पुरै टिम आईसुलोसनमा जानु परेको भन्दै विजेता थापाले घोषणा गरेका हुन ।

‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेको छायाँङकनको समयमा कोरोना संक्रमणको रिपोट आएको नेपाल आईडलले बताएको छ । तर आमदर्शक र प्रतिस्प्रर्दीको भावनालाई कदरगर्दै विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै आएका उत्कृष्ट ३ बाट नेपालले तेस्रो नेपाल आइडल घोषणा भयो ।
विजेताले सज्जा चौलागाइले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछीन । यसैगरी फस्ट रनरअप प्रविन बेडुवालले १५ लाख र सेकेन्ड रनरअप किरण कुमार भुजेलले पाँच लाख नगद प्राप्त गर्नेछन । कोरोना महामारीको कारण र नेपाल आईडलका सदस्यमै कोरोना संक्रमण देखिए पछि कार्यक्रमको विजेता घोषण अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गर्नु भएको थियो ।
२०७५ भाद्र १२ गते बेलुकी ५ बजे सम्मको भोट र कार्यक्रमको निर्णायक मण्डल इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा मुत्याङकनका आधारमा विजेता घोषण भएको थियो ।



















