साइनो समाचारदाता
उदयपुर । आफ्नै ८ वर्षीया नातीनीलाई बजरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–१३ का ५४ वर्षीय एक ब्यक्ति पक्राउ परेका छन् । उनले मंगलबार राति ११ बजेको समयमा आफ्नै नातिनीलाई समाति यौन सम्बन्धी अंग देखाउने र यौन दुव्र्यवहार गरेका थिए ।
बालिकाले हजुरबुवाको हर्कत सहन नसकेपछि घटना बाहिर आएको हो ।गत साउन १२ गते घरका अन्य सदस्य नभएको मौका पारी नातिनीलाई जवरजस्ती करणी गरेको आरोपमा हजुरबुवा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका हजुरबुवालाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
















