साइनो समाचारदाता
बेलबारी । बेलबारी नगरपालिकामा भदौ १४ गते राति १२ बजेसम्म लकडाउन थप्ने निर्णय भएको छ । नगर क्षेत्रमा कोरोना संक्रमित बढदै गएपछि संक्रमित क्षेत्रमा थप कडाई गर्दै एक सातासम्म लकडाउनलाई निरन्तरता दिईने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले जानकारी दिईन ।
बेलबारीमा बिगत २ सातादेखि लकडाउन जारी रहेको छ । बेलबारीमा हालसम्म १९ जना कोरोना संक्रमित भेटिएका छन भने १ हजार बढीको पिसिआर र आरडीटि परिक्षण गरिएको छ
















