सत्ता बाहिरका कम्युनिष्टहरुको गर्जन : ओली–प्रचण्ड चाँडै कस्टडीमा उभिनेछन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

सत्ता बाहिरका कम्युनिष्टहरुको गर्जन : ओली–प्रचण्ड चाँडै कस्टडीमा उभिनेछन्

मंसिर ८
काठमाडौँ । सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तासीन नेपाल कम्यनिष्ट पार्टी (नेकपा) बिरुद्ध खनिएका छन् ।
अर्धभूमिगत जस्तै रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य कम्युनिष्ट नामधारी पार्टीहरुले यो राज्य व्यवस्थाबाट देश समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै जनसत्ताको आवश्यकता औल्याएका छन् र निर्णयक जनक्रान्ति गर्ने भनिरहेका छन् । यता, सत्तासीन नेकपा भने संघीय गणतन्त्रात्मक व्यवस्था आएसँगै मुलुक विकासको तीव्र गतिमा अगाडि बढी रहेको बताउँदै आएको छ ।
यसैबीच, विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौँको भृकुटिमण्डपमा जनसभा गरेको छ । मोहन वैद्य (किरण)सँग २०७१ मंसिर ८ गते अलग भएर पार्टी पुनस्र्थापना गरेको अवसरमा उसले आज जनसभा गरेको हो ।


जनताको अदालतमा उभिनुपर्नेछ ः प्रकाण्ड
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली र प्रचण्डल आफूहरुविरुद्ध कुरुप रुपमा उत्रिएको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारभन्दा पनि बढी निर्मम रुपले आफूमाथि खनिएको आरोप लगाए ।
जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘ओली सरकार हाम्रोे पार्टीमाथी अघोषित प्रतिवन्ध लगाएर दमनमा उत्रिएको छ । हामी गलत हो वा सरकार, यसको जवाफ जनताले दिनेछन् । यो सरकारले यस्तै रुपमा हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउने छ ।’ प्रकाण्डले भने , ‘हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ । होइन भने सरकारले पुष्टि गरोस्, हाम्रो पार्टी देशद्रोही हो भनेर ।’
फरक प्रसङ्गमा उनले मोहन वैद्य ‘किरण’ ले क्रान्तिको नेतृत्व गर्न नसक्ने देखेर आफूहरु अलग भएको बताए । साथै उनले प्रचण्डको नेतृत्वमा देखिएको विचलनकाविरुद्ध लड्न र ६२र६३ को जनआन्दोनका बाँकी कार्यावहार पुरा गर्न पार्टीको स्थापना गरेका दाबी गरे ।
उनले मुलुकमा यतिबेला चरम संकट उत्पन्न भएको जिकिर गरे । सो संकटलाई समाधान गर्न वर्तमान राज्य व्यवस्था र नेतृत्व असमर्थ रहेको प्रकाण्डले दाबी गरे । ओली सरकारले ९ महिनामा विकासको कुनै खाकासमेत तयार पार्न नसकेको बताउँदै उनले समृद्धको नारा लगाउनुको कुनै तुक नरहेको बताए ।
प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ ः गोपाल किराँती
सो जनसभामा नेकपा माओवादी केन्द्रका संयोजक किराँती प्रचण्डविरुद्ध खरो रुपमा उत्रिए । उनले प्रचण्डले माओवादी आन्दोलनको विचार र इतिहासलाई तिलाञ्जली दिएको आरोप लगाए । उनले भने, ‘हामीले त्यो विचार र इतिहासलाई छोड्न तयार भएनौँ । बरु प्रचण्डलाई छोडेर हिँडियो ।’
उनले थपे, ‘हिजो महान् भन्ने प्रचण्डमा आज विश्वका पूँजीपति र दलालले पाउने नोबेल पुरस्कारको आशक्ति बढेको छ । यो पुरस्कार कसले पाउँछ भने चीनका दलाइ लामाले पाउँछन्,’ उनले प्रचण्डको प्रवृत्तिको उछितो काड्दै त्यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताए ।
नेकपा भ्रष्ट–दलालहरुको एनजीओहरुको समूह ः ऋषी कट्टेल
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा ५० वर्षको कम्युनिष्ट आन्दोलनमा पचासौँ पटक पुनःगठन दुःखद् भएको बताए । उनले अहिले पुनर्गठन आवश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नाम गरेको पार्टी भ्रष्ट–दलालहरुको एनजीओहरुको समूहले चलाएको गम्भीर आरोप लगाए ।
उनले भने, ‘प्रचण्ड र ओली समूहले नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीको सरकारविरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु संघर्षमा उत्रिनु परेको छ ।’
‘नेपाली क्रान्तिको बाटो भनेको बृहत कम्युनिष्टहरुको संयुक्त जनसंघर्षले तय गर्नेछ । अब क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छ । कम्युनिष्ट आन्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिन्छन्’, उनले भने ।
उनले वतमान सरकार ९ महिनामै नांगिएको भन्दै खुसी व्यक्त गरे ।–रातोपाटी

सम्बन्धित खवर