साइनो समाचारदाता
पथरी । कोरना संक्रमणको त्रास भएको भन्दै स्थानिय पालिकाहरुले ‘लकडाउन’ गरिरहेका छन् । मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाले ‘लकडाउन’घोषणा गरेपनि विहानको समयमा वजार क्षेत्रमा हुने भिडभाडले कोरनाको संक्रमण फैलने त्रास वडेको छ ।

नगरपालिकाको क्वारेन्टाइनमा वसेकालाई कोरना संक्रमण देखिएपछि साउन २३ गते राती १२ बजेदेखि नगरभित्रका वजार र पसल वन्द गर्ने निणर्य गरेको थियो । नगरपालिकाले नगरभित्र ‘लकडाउन’गर्ने निणर्य गरेपनि विहानको समयमा वजार भित्र भिडभाड हुने गरेको छ ।
तरकारी र खाद्यान्न को विक्रि वितरण का लागी पसल खोलिने भनिएपनि पथरी वजार भित्रका सवै किसीमका पसल खोलिदै आएको छ । यसले संक्रमण वडने त्रास भएको स्थानियवासी वताउछन । कोरोनाबाट बच्न स्वास्थ्य सतर्कताका लागि नगरपालिकाले सब्जी तथा फलफुल पसलहरु पनि व्यवस्थित गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

सिटी सफारी, अटो रिक्सा सहितका यातायातका सम्पूर्ण साधन सञ्चालन नगर्न तथा घरभित्रै बसेर लकडाउनलाई पूर्ण रुपले पालना गर्न अनुरोध गरेपनि विहानको समयमा सिटी सफारी र तिनपाङ्रे सवारी निर्वाध सन्चालन भएका छन् । बैंक तथा वित्तीय संस्था भनें विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालनमा रहनेछन् । कोरोना सर्न सक्ने भएकाले सागसब्जी र फलफुल भनें पथरीशनिश्चरे नगरपालिका बाहिरबाट नल्याउने निणर्य गरेको छ ।
सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निणर्य नगरपालिकाले गरेको छ ।




















