छुटिमा आएका एक सशस्त्र प्रहरीलाई कोरना पोजेटिभ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

छुटिमा आएका एक सशस्त्र प्रहरीलाई कोरना पोजेटिभ

साइनो समाचारदाता पथरी/ विराटनगरमा स्वाब संकलन गरेर घर आएका एक सशस्त्र प्रहरीलाई कोरना पोजेटिभ भेटिएपछि उर्लावारी २ सुन्झोडाका १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आइतवार २५ बर्षिय ति युवाले विराटनगर कै ठेगाना राखेर स्वाब दिएका थिए । उर्लावारी २ सुन्झोडा घर भएका उनी घरको ढलानका लागी सोमवार घर आएका थिए । घर ढलानमा सहभागी र उनको सम्पर्कमा रहेकालाई वुधवार उर्लावारी क्वारेन्टाइनमा राखिएको उर्लावारीका स्वास्थ्य सहसंयोजक सुरेस खडकाले जानकारी दिए । संक्रमितलाई गोठगाँउ कोरना अस्पतालको आइसोलेसनमा राखीएको छ ।

संक्रमित युवाको प्रत्यक्ष संम्पर्कमा रहेका उनका परिवार र साथीहरुलाई क्वारेन्टाइनमा राखीएको हो । कोरना संक्रकित प्रहरीलाई वडा अध्यक्ष कुमार कडेल सहितको टोलीले क्वारेन्टाइनमा पठाइएको छ भने सो क्षेत्रमा निगरानी वडाइएको छ । सो क्षेत्रका स्थानियवासीलाई सर्तक रहन जानकारी समेत गरिएको सहसंयोजक खडकाले जानकारी दिए ।

सम्बन्धित खवर