साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे ३ की ७२ वर्षीय तुलशा विश्वकर्माले लामो समयपछि झन्झटिलो प्रक्रीयाबाट नागरिक्ता पाएकी छन । साइनो खवरको पहल र समाजसेवि रुकमिणा वजगाईको सहयोगमा तुलसाले नागरिक्ता पाएकी हुन । साइनो खवरले साउन १८ गते “७२ वर्षको उमेरमा पनि नागरिक्ता पाइनन तुलशा विश्वकर्माले” भन्ने शिर्षकमा समाचार सार्वजनिक गरेपछि तुलशाले नागरिक्ता पाएकी हुन ।

समाजसेवि रुकमिणा वजगाईको ठुलो पहलले विश्वकर्माले भदै १ गते जिल्ला प्रशासन कार्यालय, उर्लावारी मोरङबाट ०२–०५–७७–००४३१ नम्वरको नागरिक्ता पाएकि छीन । नगरिक्ता पाए पछि विश्वकर्माको घरमा खुसीयाली छाएको थियो । २०३६ साल देखि पथरीशनिश्चरे ३ बस्दै आएकी विश्वकर्माले ३ ओटा चुनावमा भोट हालिसक्दा पनि वडामा नागरिक्ताको सिफारिस माग्न जाँदा सिफारिस पाएकी थिइनन ।
५ जना छोरा छोरीको नागरिक्ता बनाई सकेकी तुलशाको जन्मदर्ता नभएका कारण वडाले सिफारी दिएको थिएन । पथरी शनिश्चरे वडा नं. ३ मा बस्दै आएकी तुलसा विश्वकर्माको २००५ सालमा ताप्लेजुङमा जन्म भएको थियो । तुलशाले नागरिक्ताका लागि ४ पटक वडा कार्यालय धाई सकेकी थिइन ।
वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले सिफारिस नदिएपछि पटक पटक विश्वकर्मा निरास हुदै घर फर्किन बाध्य भएको मेलमिलाप समितिकी सदस्य रुकमीणा अधिकारी बताउछिन । तुलशाको परिवारलाई आफुले राम्ररी चिनेको बताए पनि जन्म प्रमाणितको पत्र नल्याए सम्म सिफारिस नदिने वडाध्यक्ष चोम्जोङको अडान थियो ।
आफ्नो नागरिक्ताबाट छोरा छोरीको नागरिक्ता बन्यो श्रीमतीको बनाउन खोज्दा जन्म दर्ता चाहियो भन्दै वडाध्यक्षले दुख दिएको श्रीमान गोपाल बराईली बताएका थिए । वडामा सिफारीस लिन आउदा सबै कागज पत्र हुदा पनि जन्म दर्ता ल्याउन भन्दै ५ पटक फर्काएको तुलसाकी बुहारी मैया बराईली बताउछिन ।
२०७४ पुस ७ गते चेम्जोङले नै पारिवारीक विवरण प्रमाण पत्र सिफारीस गरेका थिए । नागरिक्ता नभएपछि तुलशाले सामाजिक सुरक्षा भक्ता देखि लिएर राज्यको सबै सुविधाबाट बञ्चित भएका कारण साइनो खवरले “७२ वर्षमा उमेरमा पनि नागरिक्ता पाइनन तुलशा विश्वकर्माले” शिर्षकमा समचार सार्वजनीक गरेको थियो ।
नागरिक्ता पाउनका लागि तुलशाले माइतपटीको भाउजुको नागरिकता, निर्वाचन आयोगको मतदाता परिचय पत्र, श्रीमानको नागरिकक्ता, बसाइसराई, पारिवारिक विवरण लगाएतका आवश्यक सबै कागज पत्र सहित सर्जमिनका लागि टोलका ५ जना छिमेकी सहित आउदा पनि वडाध्यक्षले फकाई लिएका थिए ।
विभिन्न समयमा पथरीशनिश्चरे वडा नं ३ का वडाध्यक्ष विबादित बन्दै आएका छन् । कहिले कृषकहरुको लागी अनुदानको लागि आएको विरुवा आफै लगेर, कहिले अर्कै वडाको जग्गाको सिफरीस गरेर त कहिले रुख डोको लगायतमा कर लगाएर । वडाध्यक्ष चेम्जोङ आफु विवादमा मुछिने अनि विभिन्न युटुवरलाई बोलाएर समाचार गलत भएको भनि प्रचार गर्न लगाउने गरेका छन् ।
















