७ महिना देखि फर्म संचालक बेपता, जग्गा धनिले बचिदिए फर्म, संचालकहरुको विजोक - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

७ महिना देखि फर्म संचालक बेपता, जग्गा धनिले बचिदिए फर्म, संचालकहरुको विजोक

साइनो समाचारदाता पथरी/
मोरङको बेलबारी ७ मा रहेको प्रसिद्ध कृषि फर्मका संचालक दल बहादुर विष्ट ७ महिना देखि बेपता भएका छन । संचालक बेपता भएको मैका छोपि जग्गा धनि गौरब कार्कीले फर्म बेचि दिएका फर्मका अन्य संचालकहरुले आरोप लगाएका छन ।


२०७५ साल बैशाखबाट ४ जनाको समुहले प्रसिद्ध कृषि फर्म सञ्चालन गर्दै आएका थिए । बेलबारी ७ का गौरब कार्की संग चारै जनाले १० बर्षका लागि ५ विगाहा ९ कट्ठा जग्गा लिजमा लिएका थिए । फर्म संचालक विष्ट हराएको ७ महिना हुदा सम्म उनको पत्तो लागेको छैन भने सोहि मैका छोपी कार्कीले प्रकाश बस्नेतलाई फर्म बेचेका छन । पौष मसान्तमा घर आएका र माघ २ गते घरबाट फर्म हिडेका विष्ट हाल सम्म सम्पर्कमा नरहेको श्रीमति लक्ष्मी देवी विष्टले बताईन ।

वार्षिक २ लाख २० हजारमा लिज रकम तिर्ने सर्तमा जग्गा धनी रोहित कार्की संग संचालक दल बहादुर विष्ट, दिनेश खड्का, बीर बहादुर भट्टराई र धन कुमार भट्टराईको समुहले लिएको थियो । फर्म संचालनको प्रकृया झन्झटिलो हुने भएकाले ९ महिना पछि दोस्रो पक्षक दल बहादुर विष्ट एक्लैलाई फर्म सञ्चालन गर्ने गरि जिम्मा लगाइएको दिनेश खड्काले बताए ।

दल बहादुर विष्ट
७ महिना देखि बेपत्त दल बहादुर विष्ट

त्यसको केही समय पछि साला भेना धन कुमार खत्री र विष्ट ले फर्म सञ्चालन गर्दै आएका थिए । माघ २ गतेबाट श्रीमान सम्पर्कमा नआए पछि विष्टकी श्रीमती लक्ष्मी देवी विष्टले इलाका प्रहरी कार्यालय बेलबारीमा मानिस हराएको भन्दै निवेदन समेत दिएकी थिइन ।
यता श्रीमान हराउनु उत्ता संझौतामा तोकेको समय भन्दा १ महिना अघिनै जग्गा धनि कार्कीले फर्म आफ्नो कब्जामा लिनुले विष्ट र कार्कीको मिलेमतो हुन सक्ने पनि देखिन्छ । लिज रकम तिर्ने समय फागुन मसान्त सम्म थियो । सम्झैतामा अनुसार १ महिना ९ चैत्र नाघेको खण्डमा लिज सम्झैता बदर हुने कुरा उल्लेख छ । तर लिज रकम बुझउछु भन्दा कार्कीले दादागिरी शैलिमा फोनमा समेत धम्की दिनेगरेको खड्काले बताए । लिज रकम बुझाउने बेलामा नै कोरोना संक्रमणले देश लकडाउन भयो सोहि समयमा दल बहादुर विष्ट हराए । साथी हराउनु, देश लकडाउन हुनुले समयमा रकम बुझाउन नसकेको अर्का संचालक दिनेश खड्काले बताए ।

विदेशमा पसिना बगाएर कमाएको १९ लाख रुपैया सो फर्ममा लगानी भएको छ । तर कार्कीले समयमै रकम नबुझाएको भन्दै मालिकले अहिले फर्म नै प्रकाश बस्नेतलार्ई बेचेको खड्काको आरोप छ । कार्कीले सञ्चालकलाई थाहा नै नदिइ माछा, धान, तोरी, गहुँ लगाएतका सामाग्री लगेको खड्काले बताए । खड्काको समुहले फर्म मालिक कार्की विरुद्ध इलाका प्रहरी कार्यालय बेलबारी र बेलबारी नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दिएका छन् । तर केहि सुनुवाई नभएको र संचालक विष्ट पनि भेटिएका छैनन ।

यता कार्कीले भने आफ्नो ५ विगाहा ९ कट्ठा जग्गा र फर्म लिजमा दिएको बताएका छन । सम्झैता बमोजिम रकम नदिएपछि आफुले प्रकाश बस्नेतलाई फर्म चलाउन दिएको बताएका छन् । फर्म बिक्री गने फर्मका संचालक चाहिन्छ त्यसैले संचालक नआए सम्म संरक्षणका लागि भएपनि बस्नेतलाई सञ्चालनको जिम्मा दिन बाध्य भएको कार्कीले बताए । सम्झैता अनुसार तिर्नुपर्ने रकम नतिरेको, जग्गामा कुनै बाली नलगाएको, फर्ममा आउने जाने नै नगरेको र फर्म लथालिङ्ग अवस्थामा छाडेपछि आफुले संरक्षणका लागि दिएको तर बिक्री भने नगरेको कार्कीले स्वीकार गरे ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107