साइनो समाचारदाता
काठमाडौं । तोलामा दुई सय रुपैयाँले सुनको भाउ घटेको छ । सोमबारकालागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९७ हजार ७ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
















