सुकुम्बासीका अध्यक्ष मौशम लिम्बु पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सुकुम्बासीका अध्यक्ष मौशम लिम्बु पक्राउ

साइनो समाचारदाता
पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष मौसम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले पथरीशनिश्चरे ३ का लिला देवि साप्कोटा र उनका छोरा इश्वरी साप्कोटालाई अभद्र ब्यावहार गरेका कारण इलाका प्रहरी कार्यालय पथरीले पक्राउ हो ।

लिम्बुले साप्कोटा परिवारमा गएर धाक धम्की दिदै घर जलाई दिने धम्की दिएको निबेदन परे पछि लिम्बुलाई पक्राउ गरेको डि एस पी दिलिप कुमार गिरीले जानकारी दिए । लिम्बुले ७० वर्षका वृद्ध साप्कोटा र उनका छोरालाई घरमा गएर डर त्रास देखाका कारण साप्कोटा घर जान नसकेको डिएसपी दिलिप कुमार गिरीले बताए ।

सुकुम्बासी बसोबास रहेको रहेको उक्त क्षेत्रमा केहि समय अघि देखि साप्कोटा र लिम्बु विच जग्गाको विबाद भएको थियो । सुकुम्बासीका नेता लिम्बु सहित केहि सुकुम्बासीहरु साउन २९ गते साप्कोटाको जग्गामा गएर कालो झण्डा गाडेका थिए । केहि दिन अघि देखि प्रहरीले लिम्बुलाई खोजि रहेको थियो ।

साप्कोटाले २०५४ सालमा किनेको जग्गा नपुग भए पछि साप्कोटाले नगरमा निवेदन दिएका थिए । दोहोरो स्वामीत्वमा रहेको जग्गा वाला र भोगचलन गर्दै आएका नगरवासीलाई नगरले कागजात सहित नगरमा निबेदन दिन सुचना गरेपछि साप्कोटाले निबेदन दिएका थिए । हाल सम्म नगरमा सो प्रकारका १३ हजार निबेदन परेको थियो । साप्कोटाले निबेदन दिएको कुरा सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले थाहाँ पाए पछि विबाद बढ्दै गाएको थियो । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिमा मित्रलाल राई, सुमिल योङहाङ लिम्बु र गंगा गहतराजले समितिलाई निवेदन दिएको मौसम लिम्बुले जानकारी दिएका छन ।

यता सापकोटाका सदियार मित्रलाल राई, सुमिल योङहाङ लिम्बुले साप्कोटा संग कुनै समस्या नरहेको प्रहरीमा निबेदन दिएको साप्कोटाले बताए । लिम्बुबाट धम्की आएकोले ज्यानको सुरक्षा पाउँ भनि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शनिबार अपरान्ह ३ बजे पथरीशनिश्चरे–१० मंगलबारे डाँडामा लिम्बुलाई प्रहरी नियन्त्रणमा लिएको थियो । लिम्बुलाई अभद्र व्यवहार मुद्धा चलाईने डि एस पि गिरीलेजानकारी दिए ।

सम्बन्धित खवर